लुम्बिनीविरुद्ध काठमान्डु १०३ रनमा अलआउट
काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ ।
काठमान्डुले टस जितेर पहिले ब्याटिङ गरेर १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
काठमान्डुका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुईदुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान एकएक विकेट झारे ।