ईश्वर पोखरेलको चेतावनी: पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

उनले पार्टी एकतालाई केन्द्रमा राख्दै विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना र विभाजनको दृढ विरोध आवश्यक भएको बताएका छन्।

पुस, काठमाडौं । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीभित्र अनावश्यक तरंग नबनाउन सामाजिक सञ्जालमार्फत अपिल गरेका छन्।

११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न आग्रह गरेका छन्।

पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्व र संस्थागत निर्णय पालना सबैको कर्तव्य भएको उल्लेख गर्दै समान र सम्मानजनक व्यवहार अपेक्षा गरेका छन्।

उनले पार्टी एकतालाई केन्द्रमा राख्दै विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना र विभाजनको दृढ विरोध आवश्यक भएको बताएका छन्।

पोखरेलले सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना सबैको कर्तव्य भएको स्पष्ट पारेका छन्। तर, निर्णयको पालना भन्दै नेता–कार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने उनको भनाइ छ। “सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,” उनले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *