जेनजीसँग बालेनको प्रस्ताव- म राजनीतिमा आएँ, जेनजीहरू एकजुट भएर आउन आग्रह
‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस्,’ मेयर शाहले भनेको भनाइ उद्धृत गर्दै भण्डारीले भने ।
१० पुस, ललितपुर । मेयर बालेन्द्र शाहले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका छन् ।
बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलका क्रममा उनले जेनजीहरूसँग यस्तो बताएका हुन् । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग केहीबेर कुराकानी गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।
जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि आग्रह गरेका छन् ।
‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस्,’ मेयर शाहले भनेको भनाइ उद्धृत गर्दै भण्डारीले भने ।