सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रवि पोखरामा

जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा आएका हुन् ।

१६ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा आइपुगेका छन् । जिल्ला अदालत कास्कीमा तारिखका निम्ति रवि पोखरा आएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि धरौटीमा छुटेका थिए । ‘सूर्दर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउन रविजी अदालतमा तारिखका निम्ति आउनुभएको छ,’ अदालतका सूचना अधिकारी रामबहादुर किसानले भने, ‘अबदेखि सबै प्रतिवादीको एकै मितिमा तारिख हुन्छ ।’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका थिए भने पुस २५ गते रवि ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *