‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ
बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ
२८ मंसिर, काठमाडौं । तेलुगु सुपरस्टार ‘पुष्पा २’ अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ ।
डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् ।
प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।
अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो ।
एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘बीएनएस धारा १०५ (हत्या नभएको अपराधी हत्याको सजाय) र ११८ अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र दोषी पाइए कानुनअनुसार कारवाही गरिने जनाएको छ ।