सुदूरपश्चिम र जनकपुर क्वालिफायरमा, हारेर पनि कर्णाली प्लेअफमा
अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो
१ पुस, काठमाडौं । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ ।
एनपीएल लिग अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमपश्चिम शीर्ष स्थान पक्का गरेको छ। यो जितसँगै क्वालिफार्यसमा सुदूरपश्चिमले जनकपुरसँग भेट्नेछ।
अंक तालिकामा चौथो भएको कर्णालीले तेस्रो स्थानको चितवनसँग खेल्नेछ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा कर्णालीले पेश गरेको १०२ को विजयी लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।
चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।
लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
जवाफमा सुदूरपश्चिमले १५.२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए ।