नेप्से परिसूचक ५१ अंकले घट्यो, ५ अर्ब ९३ करोडको सेयर कारोबार
कारोबारमा आएकामध्ये १५ स्टक्सको मूल्य बढ्दा २२७ वटाको घट्यो भने २ स्टक्सको मूल्य भने स्थिर रह्यो
१ पुस, काठमाडौं । नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । साताको दोस्रो कारोबार दिन ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ ।
आज सोमबार १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ रुपैयाँमा खरिदबिक्री भए।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।
कारोबारमा आएकामध्ये १५ स्टक्सको मूल्य बढ्दा २२७ वटाको घट्यो भने २ स्टक्सको मूल्य भने स्थिर रह्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १८ करोड ८९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।
यसैगरी जोशी हाइड्रोपावर डेभलपमेन्टको १८ करोड ४९ लाख, हिमालयन रिइन्स्योरेन्सको १५ करोड र नेपाल फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।