सेयर बजारमा सामान्य सुधार, कारोबार ४ अर्बमा झर्यो
सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो
२ पुस, काठमाडौं । अघिल्लो कारोबार दिन सोमबार ५१.३७ अंकले घटेको नेप्से आज २.९५ अंकले बढेर बन्द भएको छ।
आज ३१८ स्क्रिप्सको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब बढिको सेयर कारोबार भएको थियो।
सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। जानकी फाइनान्सको ९.८५ प्रतिशतले बढ्दा दोल्टी पावरको ९.०९,गुराँस लघुवित्त वित्तीय संस्थाको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको ६.९८ प्रतिशतले बढेको हो।
नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।