राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त

मन्त्रिपरिषद्को सिफारिसमा डा. शङ्करप्रसाद शर्मालाई भारत र डा.नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको


३ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।

उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शङ्करप्रसाद शर्मालाई भारत र डा.नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको जानकारी दिइन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *