परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा
युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन्
४ पुस, काठमाडौं । आज परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् ।
उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली गएकी हुन् ।
उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् ।
त्यसपछि मन्त्री डा. राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।