नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने
पुस ७ देखि १३ पुससम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन
४ पुस, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसेमुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ ।
जिल्ला ट्राफिक कार्यालय धादिङले एक सूचनामार्फत नौबिसे मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७ पुसदेखि १३ पुससम्म सवारीसाधनहरू आंशिक बन्द हुने जनाएको छ ।
पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी(बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने र मलेखुतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिने छ ।
दुवै स्थानका मोड सुधारका लागि पुस ७ देखि १३ पुससम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारीसाधन चलाउन पाइने छैन ।
३ पुसमा बसेको जिल्ला सुरक्षा समिति धादिङको निर्णय अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी(बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।