पूर्वी नेपालमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा राति हिमपात हुने
तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ
६ पुस, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले रातिको समयमा हिमाली क्षेत्रमा एक दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेक जनाएको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।