खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले गोली चलायो

नेपाली सेनाको नयाँ गोरख गण सैनिकले ५ राउन्ड हवाइ फायर गरेको हो


११ पुस, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा नेपाली सेनाले हवाइ फायर गरेको छ । गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिने क्रममा फायर गरिएको हो ।

नेपाल प्रहरी, मकवानपुरका प्रवक्ता ठाकुर प्रसाद सापकोटाका अनुसार बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको हो । खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ।

सेनाले नियन्त्रणमा लिएका व्यक्तिको परिचय खुलाइएको छैन।

‘बिहीबार मध्याह्न पाँच राउण्ड हवाई फायर भएको हो। सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ,’ प्रहरी निरीक्षक सापकोटाले भने।

नेपाली सेनाको नयाँ गोरख गण सैनिकले ५ राउन्ड हवाइ फायर गरेको हो । गैंडाको खाग तस्करी हुन लागेको सूचनाका आधारमा पुगेको निकुञ्जले टोलीले तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गर्ने क्रममा सेनाले हवाइ फायर गरेको हो ।

घटनास्थलबाट १ जना पक्राउ परेका छन् । उनीसँग खाग रहेको भन्ने सूचना आएको निकुञ्ज स्रोतले जनाएको छ । अप्रेशनका लागि निकुञ्जको टोली बिहान त्यसतर्फ गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *