नवलपरासी र रुपन्देहीको सिमानामा ७ करोड बढीको लागतमा पुल बन्दै

पुलको प्रदेश सभासद बैजनाथ कलवारले शिलान्यास गरे


१३ पुस, काठमाडौं । नवलपरासी र रुपन्देही जिल्लाको सिमाना जोड्ने गरी करिब साढे सात करोडको लागतमा पुल निर्माण सुरु भएको छ। नवलपरासीको रामग्राम नगरपालिका–१८ को पण्डितपुर र रुपन्देहीको देवदह नगरपालिका–१ मध्यपुर गाउँ जोड्ने गरी ‘माहव’ खोलामा पुल निर्माण सुरु भएको हो।

रामग्राम–१८ का कार्यवहाक अध्यक्ष त्रिवेणी चौधरीले पुल नहुँदा यी दुई स्थानमा पुग्नका लागि रामग्रामको अमहवा गाउँ हुँदै करिब ९ किलोमिटर फेरो घुम्नु पर्ने बाध्यता भएपछि स्थानीयहरूले पुल निर्माणको माग गरेको बताए। चालु आर्थिक वर्षमा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो।

पुलको प्रदेश सभासद बैजनाथ कलवारले शिलान्यास गरे। पण्डितपुर र देवदह क्षेत्र गौतम बुद्धको इतिहाससँग जोडिएको छ। ‘पण्डितपुर– मध्यपुर सडक पुल’ नामाकरण गरिएको पुलको लागत ७ करोड ३७ लाख ८४ हजार रहेको छ। २५.७ मिटर लम्बाइको पुल निर्माण २०८३ असार १६ गते भित्र सम्पन्न हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *