मोन्टेनेग्रोमा गोलीकाण्ड: गोली हानेर १० जनाको हत्या, तीन दिन राष्ट्रिय शोक

आक्रमणपछि आफैंलाई गोली हानी आत्महत्या गरेका थिए


१८ पुस, काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

सरकारले यो घटनापछि मोन्टेनेग्रो विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

गोलीकाण्डमा गम्भीर घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी अधिकारीहरुका अनुसार देशको बुधबार दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा एक हतियारधारीले आक्रमण गरेका थिए । उनले आक्रमणपछि आफैंलाई गोली हानी आत्महत्या गरेका थिए ।

४५ वर्षीय अलेक्जान्डर मार्टिनोभिच नामका आक्रमणकारी घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले उनलाई घेरा हालेर आत्मसमर्पण गर्न भनेका थिए, तर उनले आफैंलाई गोली हानेर ज्यान लिएका थिए ।

सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *