एमाले केन्द्रीय कमिटी बैठक सुरु
बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ
२१ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक बिहान ११ः०० बजेबाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरू भएको हो ।
बैठकमा सरकारको समीक्षा, पार्टी कार्यक्रम लगायतबारे समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ । गत असारमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सत्तारुढ भूमिकामा बस्न लागेको बैठकले कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षा गर्दैछ ।
बैठकमा गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।
जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् । बैठकलने सचिवालय बैठकले गरेको भीम रावललाई निस्कासन गर्ने र बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई निलम्बन गर्ने निर्णय पनि अनुमोदन गर्नेछ ।