रास्वपाले गठन गर्यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय
२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानमा आवश्यक संशोधनको बारेमा सुझाव दिन ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो।
शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।कार्यदलमा सातै प्रदेशमा गर्ने छलफल गर्ने र त्यसको संयोजन सोही प्रदेशका पार्टी सभापतिले गर्ने रास्वपाले जनाएको छ ।