यस्तो छ माओवादी बैठकको कार्यसूची

आजको बैठकले ओली सरकारलाई हटाउन सबै दलसँग छलफललाई घनिभूत बनाउने


२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रले मंगलबारको स्थायी कमिटी बैठकमा विभिन्न ६ वटा कार्यसूची बनाएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा रिपोर्टिङ (केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष प्रचण्ड र विभिन्न जिम्मेवारीमा रहेका सदस्यबाट) विधान संशोधन, संगठनात्मक कार्यदलको कामबारे, आगामी केन्द्रीय समितिको बैठकबारे, वर्तमान सरकारको विरुद्ध नयाँ सरकार गठनबारे र विविध विषयमा कार्यसुची तय गरेको उनले बताए ।

बैठकमा कार्यसूचीमा केन्द्रीत रहेर छलफल भएको छ । आजको बैठकले ओली सरकारलाई हटाउन सबै दलसँग छलफललाई घनिभूत बनाउने, कोरोना नियन्त्रणमा सबै पार्टी पंक्ति परिचालित हुने र सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकोमा विरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यसूचीबारे छलफल जारी रहेको र भोलि १ बजेपछि बैठक बोलाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *