ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ

जसमा २९ जना महिला रहेका छन्


२३ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । जसमा २९ जना महिला रहेका छन्।

नेपालीको नाममा कम्पनी भारतीयले झण्डै २ महिनादेखि कल सेन्टर चलाएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनीहरुको साथबाट ८५ थान ल्यापटप र ८५ वटा मोबाइल बरामद भएको बोगटीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।

उनीहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *