भूकम्प : काठमाडौंमा एक व्यक्ति घरको छतबाट हामफाले, बारामा विद्यार्थी बेहोस्

कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका  छन्


२३ पुस, काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका  छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *