नेप्से घट्यो,कारोबार बढ्यो
आज ७ अर्ब ३० करोडको भयो
२५ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से १८.१४ अंक घटेको छ । विगतका ६ कारोबार दिन लगातार बजार बढेको थियो । नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको भयो ।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बराही हाइड्रोपावर र हिमालयन पावरको सेयर १० प्रतिशतले बढेको हो। रिभर फल्सको सेयर ८.१९ प्रतिशतले बढ्दा न्यादी हाइड्रोपावरको ७.६४ बढ्यो।
आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.२३ प्रतिशतले घटयो। कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
सिनर्जी पावर डेभलपमेन्टको २८ करोडको सेयर कारोबार हुँदा सिन्धु विकास बैंकको २५ करोड, हिमालयन पावरको १९ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ५५ स्टक्सको मूल्य बढ्दा १८० वटाको घट्यो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। होटल्स एण्ड टुरिजम समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।