दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो


२६ पुस, काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ। ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिदा सडक अवरुद्ध भएको जानकारी दिए। उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए।

पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ । वैकल्पिक बाटोका बारेमा अहिले छलफल भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *