सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक जारी
बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन्
२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको हो।
बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्दै मिलेर अघि बढ्ने प्रयास हुने नेताहरुले बताएका छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, बर्षमान पुन, हितराज पाण्डे, महेन्द्रराय यादव, बेदुराम भुसाल, शक्ति बस्नेतलगायतका नेताहरू सहभागी छन्।