अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए कारबाही गर्छौं : रास्वपा

रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए


२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात गर्ने आफ्नो सदस्य भए कारबाही गर्ने जनाएको छ ।

बुधबार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा कार्यकर्ताले त्रिपाठी माथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्धामा आज थुनछेक बहस भएको थियो ।

त्रिपाठीमाथि भएको हातपातको अनुशासन विभागको ध्यानाकर्षण भएको छ र घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए । ‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

रवि लामिछानेविरुद्धको मुद्दामा त्रिपाठीले जाहेरीकर्ताको तर्फबाट बहस गरेका थिए । आज बहसपछि काठमाडौं जिल्ला अदालत परिसरभित्र त्रिपाठीविरुद्ध हातपात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *