पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
स्रोतले भने वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद

६ माघ, काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएको गाँजाको परिमाण र पक्राउ परेको व्यक्तिको नाम अहिले प्रहरीले सार्वजनिक गरिसकेको छैन । तर, स्रोतले भने वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद भएको बतायो ।
भारततर्फ उक्त गाँजा लैजान खोजिएको सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो । यस सम्बन्धमा विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ ।