खो खो विश्‍वकपको फाइनल पुगेका नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

महिला टोलीले युगाण्डालाई तथा पुरूष टोलीले इरानलाई हराउँदै फाइनलको यात्रा तय


६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा जारी खो खो विश्‍वकपको फाइनलमा पुग्न सफल नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले नेपाली महिला र पुरूष टोलीलाई बधाई एवम् शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्– भारतमा जारी खो खो विश्वकपमा नेपाली महिला र पुरुष दुवै टोली फाइनलमा पुगेका छन्। नेपाली महिला टोलीले युगान्डा र पुरुष टोलीले इरानलाई सेमिफाइनलमा पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेका छन् । नेपालको खो खो इतिहासमा यो ऐतिहासिक क्षण हो। अब फाइनल खेलको जीतका लागि हाम्रा खेलाडीलाई शुभकामना ।

शनिबार भएको सेमिफाइनलमा महिला टोलीले युगाण्डालाई तथा पुरूष टोलीले इरानलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *