काठमाडौंमा भेटिएको ३ जनाको शव २ साता पुरानो हुनसक्ने


२९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा भेटिएको ३ जनाको शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीले बताएको छ । ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव सडेको अवस्थामा फेला परेको थियो ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र कान्छा नगरकोटीको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो ।
घटनास्थलमा पुगेका काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कोठामा बीच भागतिर माकल बालेर आगो तापेको र त्यहाँ तेल पनि भेटिएको छ जुन दुई महिनाको बच्चालाई लगाइदिन राखेको जस्तो देखिन्छ भने प्रहरी स्रोतले थप विषयहरुको जाँच भइरहेको बताएको छ ।
अहिलेसम्म हेर्दा निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।
सीताका श्रीमान् कान्छा प्रहरी नियन्त्रणमा छन् । घटनास्थलमा पुगेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएका चिकित्सकहरुले शव सडिसकेकाले पोष्टमार्टम गर्न समेत कठिनाइ हुनसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *