लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी

भवनको पहिलो तलामा आगो लागेपछि सिंगो अपार्टमेन्टमै भागाभागको अवस्था आएको थियो


६ माघ, काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित कम्फर्ट अपार्टमेन्टमा आगलागी भएको छ। दमकलको मद्दतमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

भवनको पहिलो तलामा आगो लागेपछि सिंगो अपार्टमेन्टमै भागाभागको अवस्था आएको थियो। प्रहरी वृत्त दरबारमार्गका डिएसपी राजकुमार श्रेष्ठले आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *