हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक

यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश छन्


६ माघ, काठमाडौं । इजरायलले हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची साझा गरेको छ । हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनका लागि इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा अक्टोबर ७ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका बन्धक पनि समावेश छन् ।

हमासले युद्धविराम सम्झौता अन्तर्गत ३ जना इजरायली बन्धकको नाम सार्वजनिक गरेसँगै इजरायलले आफ्ना थप ३३ जना नागरिकको नाम सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *