पेस्तोल र ४ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

७ माघ, काठमाडौं । सशस्त्र प्रहरीको टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहट ले जनाएको छ ।
उनको साथबाट मोटरसाइकलसहित सेमी अटोमेटिक पेस्तोल १ नाल, पेस्तोलमा लाग्ने म्यागेजिन १ वटा र ४ राउण्ड गोली बरामद गरिएको छ।
पक्राउ परेका झा लाइ सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको