शपथ ग्रहण सगैँ डोनाल्ड ट्रम्पले आप्रवासी सम्बन्धि आदेश जारी गर्ने


७ माघ, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार शपथ लिँदैछन्।
शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी ‍जुलुस निकालेका छन्। विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन्।
ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन ुक्यापिटलु मा हुनेछ। उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ।
शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि निम्ता दिएका थिए।
गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन्।
ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *