चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार

आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा रिजनमाथि खुकुरी प्रहार


७ माघ, काठमाडौं । सुनसरीमा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । धरान सदन रोड बस्ने लालबहादुर राइका २१ वर्षीय छोरा रिजन राई गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा रिजनमाथि खुकुरी प्रहार भएको बताए।

कुटपिटमा संलग्न पाँचजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदिप तामाङलाइ पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते  रिजनलाई प्रहरीले तत्काल उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो। रिजनको टाउको, बायाँ कुम,बायाँ हातको हत्केला र कुहिना काटिएको अवस्था प्रहरीले भेटाएको डीएसपी तिमल्सिनाले बताए । उनको अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रहरी निरीक्षक दिवस कुवरलेपक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको अनुसन्धान थालिएक बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *