असनको एक घरमा आगलागी
आगलागी भएको घरमा भाँडाकुँडाको गोदाम रहेको प्रहरीले जनाएको छ
१० माघ, काठमाडौं । असनस्थित अन्नपूर्ण मन्दिर पछाडि एक घरमा आगलागी भएको छ। बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको हो ।
आगलागीको खबर आएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दलेले बताइन् ।
उनका अनुसार अहिले प्रहरी,स्थानीयले आगो निभाउने काम गरिरहेका छन्। आगलागीबाट भएको क्षतिबारे एकिन विवरण आइसकेको छैन।
आगलागी भएको घरमा भाँडाकुँडाको गोदाम रहेको प्रहरीले जनाएको छ।