सुमेरु सहकारीको ३ कार्यालयमा प्रदेश सरकारले लगायो ताला


१० माघ, काठमाडौं । बागमती प्रदेश सरकारले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को पुलचोकस्थित मुख्य कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल  गरेको छ ।
टोलीले सहकारीलाई शिल गरेर सम्पूर्ण सिष्टमलाई लक गदैृ संस्थाको सञ्चालक समितिलाई समेत निलम्बन गरेको छ । सो सहकारीको गत माघ ८ मा नै खाता रोक्का गरेको थियो । सो सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने सहकारी व्यवस्थापन कार्यालय काठमाडौँका प्रमुख महेश आचार्यले जानकारी दिए । साथै सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *