चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शन

१० माघ, काठमाडौं । पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर बनाइएको चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिकासँग सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, अर्जुन पोखरेललगायतको अभिनय रहेको छ । अमितेष शाहको विशेष भूमिका समेत रहेको यस चलचित्रमा कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ ।
चलचित्रको छायाँकन अमर महर्जनले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्रको संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करुण थापाले तयार पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *