वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

हदैसम्म कारबाहीको माग गर्दै निवेदक दिलबहादुर राईले त्रिपाठीविरुद्ध अवहेलनामा निवेदन पेस


११ माघ, काठमाडौं । सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध निवेदन दर्ता भएको छ ।

त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको मागसहित निवेदन परेको थियो ।

हदैसम्म कारबाहीको माग गर्दै निवेदक दिलबहादुर राईले त्रिपाठीविरुद्ध अवहेलनामा निवेदन पेस गरेका छन् । निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *