बालिका बलात्कार आरोपमा एकजना पक्राउ

पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए


११ माघ, काठमाडौं । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार पीडित परिवारको उजुरीका आधार

मा आरोपीलाई पक्राउ गरिएको हो ।

पीडित परिवारले बिहीवार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दर्ता गरेका थिए । जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

अनुसन्धान जारी रहेकाले प्रहरीले आरोपीको परिचय गोप्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *