पर्यटन मन्त्री पाण्डेद्धारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता


काठमाडौं । संस्कृति, पर्यटन तथा नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले दलकै नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका छन्। पार्टी अनुशासन विपरीत काम गरेको तथा शृङ्खलवद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा सांसद बजगाईंविरुद्ध मन्त्री पाण्डेले उजुरी दिएको हुन् ।

क्यासिनोलाई बजगाईंले इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।सोही आधारमा केही अनलाइनहरुमा समाचार प्रकाशित भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लगाएकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरू सामाजिक सञ्जालबाट हटाएका थिए ।

आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।

One response to “पर्यटन मन्त्री पाण्डेद्धारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता”

  1. 📉 You have 1 message(-s) # 691. Open >> https://telegra.ph/Go-to-your-personal-cabinet-08-25?hs=ad81b15d1a594a608b726384701b8a57& 📉 says:

    0s2tlf

Leave a Reply

Your email address will not be published. Required fields are marked *