गौशाला क्षेत्रमा महानगरको डोजर अतिक्रमित संरचना भत्काउन सुरु
३० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले डिभिजन सडक कार्यालय काठमाडौंकाको सहकार्यमा गौशाला क्षेत्रको अतिक्रमति संरचनामा हटाउन सुरु गरेको छ ।
चक्रपथ सडक अन्तर्गत धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।
अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा आएका छौं यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं । अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।
चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर सडक विभागको सहमति अनि सहकार्यमा हटाउन लागेको अर्यालले जानकारि दिएका हुन् ।