हमासले सार्वजनिक गर्यो आज रिहा गर्ने चार महिला बन्धकको नाम
हमासले चार जना इजरायली सैनिकको नाम करिना एरिभ, डेनिएला गिल्बोआ, लेवी र लिरी अल्बाग भएको जनाएको छ

१२ माघ, काठमाडौं । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ।
शनिबार भएको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासले चार इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको हो। हमासले यी चार बन्धकहरूको नाम पनि खुलासा गरेको छ।
हमासले चार जना इजरायली सैनिकको नाम करिना एरिभ, डेनिएला गिल्बोआ, लेवी र लिरी अल्बाग भएको जनाएको छ ।
यी चार इजरायली सैनिकहरूलाई १८० प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिंदै छ।
गत आइतबार लागू भएको गाजा युद्धविराम सम्झौता अन्तर्गत बन्धक र कैदीहरू आदानप्रदान हुन लागेको यो दोस्रो पटक हो।
पहिलो आदानप्रदानको क्रममा हमासले ९० प्यालेस्टिनी कैदीहरूको बदलामा तीन बन्धकहरूलाई रिहा गरेको थियो।