यस्तो छ आजको मौसम
मधेश र कोशी प्रदेशको तराई भू–भागमा मन्द शीतलहर चलेको छ

१२ माघ, काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। पश्चिमी वायूको सामान्य प्रभाव रहे पनि नेपालमा मौसम बदलीको सम्भावना कम देखिएको छ।
कोशी र गण्डकीमा सामान्य बदली देखिए पनि देशका अन्य भूगोलमा मौसम मुख्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मधेश र कोशी प्रदेशको तराई भू–भागमा मन्द शीतलहर चलेको छ । गण्डकी र कोशीमा आंशिक बदलीको सम्भावना छ ।
भोलि सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।