बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ४ घाइते

जिपमा चालकसहित ८ जना सवार रहेको थिए


१२ माघ, काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

घाइते हुनेमा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी रहेका छन्। गम्भीर घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक बलराम पाण्डेले जनाएका छन्। जिपमा चालकसहित ८ जना सवार रहेको थिए । चालक फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *