संसद्को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक
त्यसपछि माघ २४,२५ ,२७,२८ र २९ गते बैठक बस्नेछ

१५ माघ, काठमाडौं । प्रतिनिधिसभाले हिउँदे अधिवेशनको पाक्षिक कार्यतालिका सार्वनजिक गरेको छ। मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो ।
समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेरसहित सार्वजनिक गरेको हो।
जसअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ गते बस्नेछ। त्यसपछि माघ २४,२५ ,२७,२८ र २९ गते बैठक बस्नेछ।
क्यालेन्डर अनुसार हिउँदे अधिवेशनको पहिलो दिन माघ १८ गते ६ वटा अध्यादेश संसदमा प्रस्तुत हुनेछन्।
यस्तो छ कार्यतालिका :