सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले लिने पर्यटक शुल्क बढ्यो
सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ

१५ माघ, काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा चर्को सेवा शुल्क तोकेको छ ।
सूचना जारी गर्दै गाउँपालिकाले सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।
उदाहरणका लागि ४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ । अन्ततः यसको भार भने यात्रुमा पर्छ ।
उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।