आयल निगम द्धारा डिजेल र मट्टितेलको मूल्य बृद्धि
३० कात्तिक, काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजलको मूल्य बढाएको छ ।
शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरि डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य अनुसार अब काठमाडौं, पोखरा र दिपायलमा मट्टितेल र डिजलको मुल्य १५३ कायम भएको छ । तेस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १५० रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ
पेट्रोलको मुल्य भने यथावत रहेको छ ।