७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा

विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो


१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

देउवाले संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।

देउवाले भने ‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ।’

उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’

उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *