साँखुमा डिउटीमा रहेकी महिला प्रहरी मृत अवस्थामा फेला
उक्त कार्यालयमा डिउटीमा रहेकी प्रहरी जवान निशा चौधरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्

२३ माघ, काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी जवान मृत फेला परेकी छन्। उक्त कार्यालयमा डिउटीमा रहेकी प्रहरी जवान निशा चौधरी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
नेपाल प्रहरीका प्रवक्ता दिनेश आर्चायले प्रहरी जवान चौधरी मृत भेटिएको पुष्टि गरे। ‘प्रहरी प्रभागको कार्यालयमा मृत फेला परेको जानकारी आएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको छ, उनले भने।