लागुऔषधसहित महिला पक्राउ
तामङको कोठाबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३ हजार २ सय १० क्याप्सुल ,स्पास्पेस्ट एकहजार ६ सय ६० ट्याब्लेट र स्पास्पिन ७ सय ३० ट्याब्लेट बरामद गरिएको प्रहरी निरीक्षक कुवरले बताए ।

१२ फागुन, काठमाडौं । लागुऔषध कारोबारी एकजना महिला पक्राउ परेकी छन्। धरान उप-महानगरपालिका-१६ की कुन्ता शर्माको घरमा कोठा भाडा लिई बस्ने धरान-८ की २९ वर्षीया महिला लागुऔषधसहित पक्राउ परेकी हुन । तामाङले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अनुसन्धानका क्रममा प्र ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन् ।
प्रहरी टोलीले तामङको कोठाबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३ हजार २ सय १० क्याप्सुल ,स्पास्पेस्ट एकहजार ६ सय ६० ट्याब्लेट र स्पास्पिन ७ सय ३० ट्याब्लेट बरामद गरिएको प्रहरी निरीक्षक कुवरले बताए । पक्राउ परेकी तामाङलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।