अमेरिकाबाट निष्कासित भएका नेपालीलाई लिएर आएको चार्टर जहाज काठमाडौंमा अवतरण

स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

२१ फागुन, काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं ओर्लिएको छ।

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको हो । निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो। स्रोतका अनुसार चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो।

इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *