इजरायल द्धारा हमासलाई दबाब दिन गाजामा खाद्य सामग्रि सहायतामा रोक
हाल गाजा पट्टीमा पिठो र तरकारीको मूल्य १०० गुणाभन्दा बढी बढेको छ ।

२० फागुन, काठमाडौं । इजरायलले आइतबार बिहानदेखि गाजामा मानवीय सहायता अन्र्तगतका कन्टेनरलाइ अवरुद्ध गरेको छ।
हाल गाजा पट्टीमा पिठो र तरकारीको मूल्य १०० गुणाभन्दा बढी बढेको छ ।
संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक टम फ्लेचरले आइतबार सामाजिक सञ्जालमा गाजालाई सहायता रोक्ने इजरायलको निर्णय साँच्चै चिन्ताजनक भएको बताए। संयुक्त राष्ट्रसंघीय बाल कोषले पनि गाजामा सहायता वितरणमा रोक लगाएकाले बाँच्न सङ्घर्ष गरिरहेका बालबालिका र परिवारहरूका लागि विनाशकारी परिणामहरू निम्त्याउने चेतावनी दिएको छ।
यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले अघि सारेको युद्धविराम र बन्धक मुक्तिको सम्झौताको पहिलो चरण विस्तार गर्ने नयाँ प्रस्ताव स्वीकार गर्न हमासलाई दबाब दिन यो कदम चालिएको बताए। तर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा शत्रुता फिर्ता हुनबाट रोक्न सबै पक्षलाई सबै प्रयास गर्न आग्रह गरे र गाजामा तुरुन्तै मानवीय सहायता फिर्ता गर्न र सबै बन्धकहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।
हाल ओसिएइचएले आफ्ना साझेदारहरूले गाजा पट्टीभित्र उपलब्ध खाध्यान्न स्टकको मूल्याङ्कन गरिरहेको बताएको छ।